२०८१ माघ २ गते बुधवार

दाङमा ट्रक दुर्घटना, दुई जना घाइते

दाङ, १३ साउन । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर २ का १६ वर्षिय करुणा चौधरी र १८ वर्षिय रबिना चौधरी घाइते भएका छन् ।

उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । घाइते दुवैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८४८७ नम्बरको ट्रक लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही-३ चौपट्टाको उकालोमा बे्रक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस