दाङ, ११ साउन । दाङमा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।
मोटररसाइकलको ठक्करबाट देउखुरीको नर्तीका ४२ वर्षका सन्तु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो ।
दाङ–देउखुरीको नर्तीमा गएराति करिब ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल भने वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको छ । चालकलाई प्रहरीले बिहिबार बिहान पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार