२०८१ चैत्र ७ गते बिहिवार

पानी पर्दा विद्युतिय संरचना बिग्रिन सक्छ, तुरुन्त फोन गर्नुहोस् : विद्युत प्राधिकरण

दाङ, १० साउन । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले बर्षायाममा हुन सक्ने विद्युतिय दुर्घटनाको बारेमा सर्तक रहन अनुरोध गरेको छ । तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञानबहादुर र्फसालले पानी परेको बेला बाढी आउने, पहिरो जाने, हावाहुरी लागेर विद्युतका पोल ढल्ने भएकाले जोखिम भएका बस्तीलाई सर्तकता अपनाउन आग्रह गर्नु भएको छ ।

उहाँले पानी परेको समयमा विद्युतका पोलहरु ढल्ने, लाइन आउने, जाने भएमा, तारहरु सर्ट भएर झिल्का फालेर विद्युत अबरुद्ध भएमा विद्युत कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

फाइल तस्विर

पानी पर्दा विद्युतका पोलमा तारहरु सर्ट भएर करेन्ट लाग्ने हुँदा विद्युतिय संरचनाबाट बन्नुपर्ने बताउनुभयो । उहाले कहिकतै हावारीले रुख ढलेर विद्युत अबरुद्ध भएमा कार्यालयको सम्पर्क नम्बर ०८२-५२००१७ र ९८५७८२६७५० मा जानकारी गराउन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस