२०८१ माघ ९ गते बुधवार

दाङमा माछा मार्न गएका एक युवक डुबेर वेपत्ता

दाङ, ९ साउन । दाङमा एक युवक खोलामा डुबेर बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का सुनिल पुनमगर खोलामा डुबेर बेपत्ता हुनुभएको हो ।

घोराही-७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका पुन डुबेर वेपत्ता भएको जिल्ला पं्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

खोलामा डुबेका युवकको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस