२०८१ चैत्र ६ गते बुधवार

सल्यानबाट दाङमा मामाघर आएका किशोरको सर्पको टोकाइबाट मृत्यु

दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा आएका १६ वर्षिय मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिनुभयो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि प्रतिष्ठानमा लगिएको थियो ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस