२०८१ असोज १८ गते शुक्रवार

तुलसीपुर कारागारमा रक्तदान तथा कैदीबन्दीको स्वास्थ्य परिक्षण

दाङ, ६ साउन । नेपाल स्वास्थ्य प्राविधिक संघ दाङले कारागार कार्यालय तुलसीपुरमा बृहत रक्तदान तथा स्वास्थ्य शिविर गरेको छ ।

नेपाल स्वास्थ्य प्राविधिक संघ दाङका अध्यक्ष दोर्ण बहादुर ओलीको अध्यक्षता तथा संघका केन्द्रीय सचिव ओमप्रकाश न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा केन्द्रिय सचिव न्यौपानेले जनताको मौलिक अधिकारको रूपमा रहेको आधारभूत स्वास्थ्य सेवा राज्यले हरेक नागरिकलाई आफ्नै घरदैलोमा पु¥याउने दायित्व भएको बेला संघले पनि त्यसमा सहकार्य गरेको बताउनुभयो ।

उहाँँले कैदीहरु रहेको गृह पनि एउटा सुधार गाउँ रहेकोले उक्त सुधार गाउँमा रहेका बन्दीहरुको लागि पहिलो पटक बृहत रूपमा बिशिशज्ञ चिकित्सकले बृहत स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।

कैदी बन्दी पनि रक्तदान कार्यक्रममा सरिक हुनु अत्यन्तै सराहनिय काम भएको भन्दै रक्तदान गर्ने सम्पूणर् कैदी बन्दीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको हो ।

त्यसैगरी बिशेष अतिथिको रूपमा बोल्दै कारागार प्रशासक चिन्तामणि रेग्मीले कैदी बन्दीहरुले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ने, दैनिक योग व्यायाम, खाना, पानी सरसफाईमा विशेष ख्याल गर्नुपर्नेमा जोड दिनु भयो ।

त्यस्तै संघले यसरी कारागारमा सरकारले गर्नु पर्ने काममा हातेमालो गरेकोमा संघलाई धन्यबाद ज्ञापन गर्नु भएको हो । कार्यक्रममा संघका केन्द्रीय सदस्य विष्णु कुमार गिरि, खड्ग बहादुर चौधरी, विमल केसीलगाएतले रक्तदान तथा स्वास्थ शिविर एबम संगठनको बारेमा धारणा राख्नु भएको हो ।

शिविरमा संघ जिल्ला कार्यसमिति दाङका अध्यक्ष ओलीले दाङमा यसरी यति धेरै संख्यमा कैदी बन्दी द्वारा रक्तदान गरिएको पहिलो पटक भएको बताउदै संघद्वारा आयोजित कार्यक्रममा सहयोग गर्ने कारागार व्यवस्थापन टीम, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र तुलसीपुर तथा राप्ती लाईफ केयर अस्पतालका रेडियोलोजिस्ट डाक्टर पुष्प रिजाल सहितको टीम, डेन्टल सर्जन डाक्टर आनन्द ज्योति ओली सहितको टीमलगायत सबैमा आभार प्रकट गर्नुभएको हो ।

त्यस्तै उहाँले आगामी दिनमा पनि थप विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिने प्रतिबद्धता जनाउनु भएको हो ।

कारागारमा रहेका ५ सय २५ कैदी बन्दी मध्ये ४ सय ८१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

निःशुल्क स्वास्थ्य परिक्षण सँगसँगै कैदी बन्दीहरुका लागी निःशुल्क दन्त चिकित्सक तथा अल्फा डेन्टल क्लिनिकका डा आनंद ओलीले ८६ जनाको दाँत परिक्षणमा १३ जनाको कुहेको दाँत को उपचार गर्नुभएको हो । दिनु भएको थियो भने १ जनामा संकास्पद ओरल क्यान्सरको शंका गरिएको हो

त्यस्तै अन्य दातको समस्या भएकालाई परामर्श र औषधि वितरण गरिएको हो । त्यसतै राप्ती लाईफ केयर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा पुस्पराज रिजालले १ सय ५४ जनाको भिडियो एक्सरे गरेकोमा ११ जनामा पत्थरी, ४१ जनामा फ्याट्टी लिभर, ४ जनामा प्रोस्टेटको समस्या र अन्यमा सामान्य अवस्था भएको भेटिएको हो । जस् मध्ये १३ जनालाई पुनः परिक्षणको लागि परामर्श गरिएको छ ।

जनरल स्वास्थय परिक्षणमा ९१ जना १५ महिला र ७६ जना पुरुषमा टाउको दुख्ने, अम्लपित्त ,जोर्नी दुखाइ, कान, उच्च रक्तचाप, मधुमेह, तथा छालाको समस्या देखिएको पाईएको छ । ५५ जना मनोसामाजिक समस्या भएकालाई मनोपरामर्श कर्ताद्वारा व्यक्तिगत तथा सामूहिक रूपमा मनोपरामर्श सेवा प्रदान गरिएको हो । जसमा २० महिला र ३५ जना पुरुषलाई मनोपरामर्श प्रदान गरिएको हो ।

कार्यक्रममा १ सय ११ जना कैदी बन्दी हरुले रक्तदान समेत गरेका हुन् । जसमा ५ जना महिला र एक सय ६ जना पुरुष रहेका छन् । त्यसै गरी २६ जना महिला बन्दी हरुको स्वास्थ्य परिक्षण गर्दा पाठेघरमा १ जनामा ट्युमर, १ जनामा पानी फोका देखिएको थियो भने अधिकांश महिलामा पाठेघरको समस्या देखिएको होे ।

ग्यास्ट्रिक, तल्लोपेट दुख्ने,टाउको दुख्ने निद्रा नपर्ने जस्ता समस्या देखिएकोमा सबैलाई भिडियो एक्सरे, मनोपरामर्श तथा औषधि प्रदान गरिएको थियो ।

कारागार भित्रै यसरी चिकित्सक टोली आएर भिडियो एक्सरे, मनोपरामर्श, दाँत सेवा, जनरल स्वास्थ्य परिक्षण गराउन पाउँदा र आफ्ना स्वास्थ्य समस्या खुलस्त राख्न पाउँदा तथा समाजमा कैदी बन्दीले पनि अर्काको ज्यान जोगाउने कार्यमा रगत दान गरेर सहयोग पुर्याउन सक्छन् र समाजमा कैद मुक्त भए पछि आफू हरुमा सुधार आएको र समाजमा हाम्रो पनि महत्त्व छ भन्ने देखाउन पाउँदा खुसी लागेको बताएका थिए ।

ऊक्त बृहत स्वास्थ्य शिविरमा वासुदेव चौधरी, डम्बरबहादुर विष्ट, कमला गिरी, लक्ष्मी अधिकारी, दीपा सुनार, सिन्धु हमाल, मालती बुढाथोकी, बुद्धिराज सापकोटा, सीताराम न्यौपाने, सबि रेउले, कृष्णा चौधरी तथा रक्तसञ्चार सेवा केन्द्र तुलसीपुरका स्वास्थ्यकर्मी नरेश चौधरी, गोमा ओलीलगायतका स्वास्थयकमीले स्वास्थ्य परिक्षण तथा स्वास्थ्य परामर्श गरिएको हो ।

संघका जिल्ला उपाध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव रामेश्वर आचार्यले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस