
दाङ, ४ साउन । दाङमा सुतिरहेको अवस्थामा प्रधानाध्यापकको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ७ चरकमटियामा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक ३७ बर्षिय ललित केसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
रोल्पाको गंगादेब गाउँपालिका ३ घर भइ हाल बबई गाउँपालिका ७ मा डेरा गरि बस्दै आएका प्रधानध्यापक केसी बुधबार बिहान सुतिरहेको कोठामा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँ सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो । प्रेसरका कारण उहाँको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
प्रधानाध्यापक केसी २०७२ सालदेखि सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउदै आउनु भएको थियो । उहाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्ट मार्टम भएपछि आफन्तीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यसैबिच प्रधानाध्यापक केसीको निधनप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राम्जाले दुख व्यक्त गर्नुभएको छ । विद्यालयले कुशल शिक्षकमात्रै नभएर कुसल प्रशासक गुमाएको भन्दै मृतक केसीप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ भने परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।