२०८१ असोज ४ गते शुक्रवार

अभिभावक र विद्यार्थीको रोजाईमा दाङ भ्यालि मावि तुलसीपुर

तुलसीपुर, ३ साउन । दाङको तुलसीपुरमा सञ्चालित दाङ भ्यालि मावि पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाई बन्न थालेको छ । प्रथम व्याचमै विज्ञान समूहतर्फ दाङ जिल्लामा शतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएपछि दाङभ्याली मावि तुलसीपुरले अभिभावक र विद्यार्थीहरुको मन जित्न थालेको हो ।

विसं. २०५२ सालमा स्थापना भएको विद्यालयले थुप्रै दक्ष जनशक्ति उत्पादन गरीसकेको हुँदा यसलाई पुरानो र अब्बल शिक्षण संस्थाका रुपमा लिने गरिएको छ ।

विद्यालय लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत पर्ने दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठान लगायतका विद्यार्थीका लागि शैक्षिक गन्तव्यको रुपमा परिचित छ ।

तुलसीपुर उपमहानगरपालिका भित्र वडा नम्बर ६ को वडा कार्यालय नजिकै पश्चिमतर्फ वरपीपल चौतारीटोलमा अवस्थित विद्यालयले २०७७ साल देखि प्लसटुमा विज्ञान समूहको पढाई शुरु गरेको थियो । विद्यालयले प्रथम व्याचमै २०७८ तर्फ ३.८१ जि.पि.ए सहित दाङ जिल्लामै शत प्रतिशत विद्यार्थी उतिर्ण बनाउन सफल भएको हो ।

विद्यालयले शैक्षिक गुणस्तरलाई नै प्रथम प्राथमिकतामा राख्ने गरेको विद्यालयका प्रधानाध्यापक शिला अर्यालले बताउनुभयो ।

शैक्षिक उपलब्धिमा सकारात्मक उत्प्रेरणा जगाउन प्लस टुको स्थापना कालदेखि नै लाखौंको पुरस्कार घोषणा गरिएको र उक्त पुरस्कार पालिका, जिल्ला वा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा हाँसिल गर्नसक्ने दाङ भ्यालीमा अध्ययनरत भाई बहिनीलाई प्रदान गर्दै आएको समेत उहाँले बताउनुभयो ।

विद्यालयमा यसका अतिरिक्त एसईईमा प्राप्त जिपिए र प्रवेश परिक्षाको नतिजाको आधारमा कक्षा ११ मा शतप्रतिशतसम्म छात्रवृत्तिको समेत वयवस्था गरिएको हँुदा उत्कृष्ट विद्यार्थीले निशुल्क पढ्न पाउने उहाँले बताउनुभयो ।

गुणस्तर कायम गर्नकै लागि पल्सटुतर्फ निश्चित संख्यामा मात्र भर्ना लिने गरिएको र हाल विज्ञान समूह र व्यवस्थापनमा कम्प्युटर विषयको समेत पठनपाठन गर्ने गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस