२०८२ बैशाख १७ गते बुधवार

अभिभावक भेला तथा छात्रवृत्ति वितरण

बबई, ३१ असार । शिद्धेश्वरी आधारभूत विद्यालय बबई -७ सिमलकुना मा आज अभिभावक भेला तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मम बहादुर भण्डारीको अध्यक्षता तथा शिक्षा प्रेमी कुल बहादुर घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षक कृष्ण थापाको स्वागत मन्तव्य मन्तव्य बाट सुरू भएको भेलामा विद्यालयका प्रधानाध्यापक दिनेश कुमार बुढाथोकीले २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका छात्रा तथा दलित छात्र छात्राहरुलाई प्रत्येक लाई ४०० का दरले वितरण गरिएको थियो भने कार्यक्रम सहजिकरण शिक्षक शिव प्रसाद उपाध्यायले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस