२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

दाङ, ३० असार । दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । जंगलमा भेटाएको च्याउ खाँदा बंगलाचुली गाउँपालिका- १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवँर वली र उहाँका १२ वर्षीय छोरा यकीन वली बिरामी पर्नुभएको हो ।

शुक्रबार साँझ खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो ।

दुवै जनालाई पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका- १ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिनुभयो । दुवै बिरामीको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस