
दाङ, ३० असार । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा शनिबार मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूणर् बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर सामान्यदेखि पूणर् बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ(गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा सबै प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति : २०८० असार ३० गते शनिवार