२०८१ माघ ६ गते आइतवार

वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

तुलसीपुर, २९ असार । एन प्याव्सन दाङले एसईईमा उत्कृष्ट अंक ल्याउने र वर्ष उत्कृष्ट विद्यार्थी २०७९ का छात्र/छात्राहरुलाई सम्मान गरेको छ ।

एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एसईई २०७९ मा छात्रा तर्फ ४ जिपिए सहित जिल्ला प्रथम हुन सफल ज्ञान ज्योति मावि तुलसीपुरका जेनिसा सुवेदी र छात्रतर्फ ३.९५ जिपिए सहित जिल्ला प्रथम हुन सफल भएका अमृत एकेडेमी बिजौरिका सागर बस्नेतलाई सम्मान गरिएको हो ।

त्यसैगरी उत्कृष्ट जिपिए सहित जिल्ला प्रथम बनाउन सफल ज्ञान ज्योति मावि र अमृत एकेडेमिलाई समेत सम्मान गरिएको छ । यसैगरी सोहि कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र/छात्रहरुलाई समेत सम्मान गरिएको हो ।

एन प्यााव्सन दाङले गत चैतमा लिएको परिक्षामा सबैभन्दा धेरै अंक ल्याउने ५ जना छात्र र ५ जना छात्रा सम्मानित भएका छन् ।

त्यस अवसरमा छात्रतर्फ प्रथम हुन सफल अमृत विद्यामन्दिर शान्तिनगरका निश्चल पाण्डे, द्धितिय ज्ञानज्योति मावि तुलसीपुरका दिपेन्द्र डिसी ,तृतीय लोकप्रिय विद्यामन्दिर रगैचाका किरण रावत ,चौथो पि एण्ड के पाठशालाका हिमाल आचार्य र पाचौं हुन सफल पुरन्धारा एभरेष्ट एकेडेमीका रोशन केसी र अमृत एकेडेमिका सागर बस्नेतलाई सम्मान गरिएको हो ।

त्यसैगरि छात्रातर्फ राप्तीबाल एकेडेमिकि निरुता सुनार र ज्ञान ज्योति माविका जेनिसा सुवेदी प्रथम हुन सफल भएका थिए । त्यस्तै पिपुल्स ल्याण्ड इगलिस वोडिङ स्कुल हापुरेका वालिका वली द्धितिय , मिडवेष्ट प्वाईन्ट एकेडेमीका अनिमा बुढाथोकी तृतीय, जनप्रिय इंलिस बोर्डिङ स्कुलका रोजिना चौधरी चौथो र पि एण्ड के पाठशालाका दिपा भण्डारी पाचौं हुन सफल भएका थिए । उनिहरुलाई समेत सम्मान गरिएको हो ।

सो अवसरमा वोल्दै प्रमुख अतिथि डागिले प्रतिस्पर्धा मार्फत उत्कृष्ट हुन सफल भएकोमा बधाई दिदै आगामी दिनमा समेत उत्कृष्टता हासिल गर्न शुभकामना दिनुभयो ।


एन प्याव्सनका केन्द्रीय सल्लाहकार गुणाखर ढकाल , जिल्ला सल्लाहकार राजेन्द्र पाण्डे ,तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्की , ज्ञान ज्योति माविका भाईस प्रिन्सिपल मनोज केसी , रिपोर्टस क्ललवका अध्यक्ष शरद रेग्मी लगाएतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको हो ।

जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण ठाकुर प्रसाद डाँगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस