
दाङ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पतालका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नुभएको छ ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान पर्नुभएको थियो । -अनलाइनखबरबाट
प्रकाशित मिति : २०८० असार २७ गते बुधवार