२०८१ असार ३० गते आइतवार

पातुखोलामा डुबेर एक बालक गम्भिर घाईते

तुलसीपुर, २३ असार । पातुखोलामा डुबेर एक बालक गम्भिर घाइते भएका छन् ।

तुलसीपुर–७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षिय छोरा रबिन परीयार पातुखोलामा डुबेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

साथीसंगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको उहाँले बताउनुभयो । पानीमा डुबेका बालकको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस