तुलसीपुर, २२ असार । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसीपीसी) को पुर्व तयारी वैठक आज शनीवार तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले नमुना महिला सांसद पुर्नगठनका लागि पुर्व तयारी गर्ने सम्वन्धमा छलफल गरेको छ ।
जसका लागि क्षेत्रगत तहमा रहने गरि महिलाहरुको कमीटि निर्माण गरेको छ । आजको छलफलले महिलाहरुको शसक्तिकरणका लागि विविध कार्यक्रम संचालन गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्नेगरि अगाडि बढ्ने निष्कर्ष निकालेको छ । जसका लागि न्युसीपीसी संग जोडिएर काम गरीरहनुभएका महिला नेतृहरुलाई जिम्मेवार दिने भएको छ ।
जसअन्र्तगत क्षेत्र न. १ मा मिना गुरुङ्ग, धनपती यादव, सावीत्रा गहतराज, लीला शाह, लक्ष्मी योगी लगाएतका रहनुभएको छ । यस्तै क्षेत्र न. २ मा हुमा डी.सी, लक्ष्मी आचार्य, अनीता पोख्रेल, सुसीला पौडेल, निर्मला सुवेदि लगाएतका रहनु भएको छ ।
त्यस्तै क्षेत्र न. ३ मा सिमा न्यौपाने, शुष्मा गीरी, सावित्रा विश्वकर्मा, शुसीला न्यौपाने,स्यानी चौधरी, युवा करारा,सितारा नेपाली,यमुना परियार, पद्मा चौधरी, जानका रेग्मी, देवीका नेपाली, निर्मला कार्की, अनारकली मिया, माया आचार्य, रुपा राणा लगाएतका रहनुभएको छ । यस्तै सहजकर्ताको रुपमा माया श्रेष्ठलाई जिम्मेवारी दिने निणर्य गरेको छ । यस्तै कार्यक्रम पुर्व तयारीका लागि असार १२ गते बैठक बस्ने निणर्य गरेको छ ।
महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्दै आएको न्युसीपीसीले आगामी दिनमा स्थानीय तह , विभीन्न संघसस्ंथा संग समन्वय र सहकार्य गर्दै काम गर्ने योजना अघि सारेको छ । न्युसीपीसीका अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा बसेको बैठकको शहजीकरण महासचिव नानीमैया वलीले गर्नुभएको थियो ।