दंगीशरण, २१ असार । दाङको दंगीशरण गाउँपालिकाले सेवा निवृत्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई दिर्घ सेवा सम्मान बितरण गर्दै सम्मान गरेकोछ ।
पालिकाले बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी निबृत्त महिला स्वास्थ्य स्वयंसेवीकालाइ प्रमाणपत्र नगद र दोसल्ला सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य क्षेत्रको पहिलो आधारशिला मानिने स्वयंसेवीकाहरुको अतुलनीय योगदानको उच्च प्रशंसा गर्नुभयो ।
शिशु मृत्युुदर र मातृ मृत्युदरलाई कम गर्न महत्वपूर्ण भुमिका खेल्ने स्वसेवीकाहरुलाई सम्मान गर्न पाउदा आफु खुशी भएको अध्यक्ष गिरीले बताउनुभयो ।
कार्यक्रममै बोल्दै पालिका उपाध्यक्ष पिमा वली खड्काले बिगतको समयलाई स्मरण गर्दै जटिल परिस्थितिमा समेत आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरी जनताको प्रत्यक्ष सम्पर्कमा रही पुर्याएको सेवा प्रवाहको खुलेर प्रशंसा गर्नुभयो ।
पालिकाले निबृत्त स्वयंसेवीकालाई नगद १५ हजार र प्रमाणपत्र सहित सम्मान गरेको हो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक प्रदिप योगीले गर्नुभएको हो ।