२०८१ माघ ९ गते बुधवार

आजै आउँदै एसईईको नतिजा

 दाङ, २० असार । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन हुने तयारी छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।

यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस