दाङ, २० असार ।
राप्ती राजमार्गमा पछिल्लो समय दुर्घटनाको जोखिम बढ्दै गएको छ । दाङ, सल्यान हुँदै रोल्पा, रुकुम जोड्ने सडक खण्डमा प्राय साना–ठूला सवारी साधन दुर्घटना हुँदै आएको छ ।
जीर्ण अवस्थाका साँघुरा सडक दुर्घटनाको कारण बन्दा सरोकारवाला निकायले ध्यान नदिएको नागरिकको गुनासो छ । गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने सडक साँघुरा छन् । जसले गर्दा सवारीसाधन दुर्घटनाको दर बढ्दै गएको छ । अत्यधिक भार बोकेका सवारी साधनले बाटो झनै बिगारेको चालक सन्देश खड्काले बताउनुभयो ।
दाङ–सल्यान सडक खण्डमा चालु आर्थिक वर्ष सुरु भएदेखि असार ४ गतेसम्म २८ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा एक बालकसहित दुई पुरुषको मृत्यु भएको छ भने ३२ जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० असार २० गते बुधवार