२०८१ माघ ९ गते बुधवार

दुई मोटरसाइकल ठोक्कीदा दाङ र सल्यानका चार जना घाइते

दाङ, १५ असार । दाङमा शुक्रबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्कीदा दाङ र सल्यानका चार जना घाइते भएका छन् । तुलसीपुर–अमेलिया सडकखण्ड अन्तर्गत तुलसीपुर–६ बुद्ध चोक नजिकै भएको दुर्घटनामा तुलसीपुरका तीन जना र सल्यानको सिद्धकुमाख गाउँपालिकाका एक जना घाइते भएका हुन् ।

घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

एयरपोर्टबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ८४४६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको रा ४ प २८६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी .रा ४ प २८६६ नम्बरको मोटरसाइकलमा पछाडी सवार तुलसीपुर–११ उरहरीका ५८ वर्षका खोपिराम अधिकारी गम्भिर घाइते हुनुभएको छ । अधिकारीको टÞाउको र अनुहारमा चोट लागेको छ ।

दुर्घटनामा सोहि मोटरसाइकल चालक तुलसीपुर–१६ लहलौरा बस्ने बर्ष ५६ को नवराज डाँगीको दाहिने खुट्टामा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैगरी दुर्घटनामा रा १ प ८४४६ नम्बरको मोटरसाईकल चालक तुलसीपुर–६ डुम्रिगाउँ बस्ने बर्ष २४ को दिगेश चौधरीको निधार र दाहिने हातमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै सोहि मोटरसाइकलमा पछाडी सवार सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष १८ को सुनिल बुढाथोकीको अनुहार र दाहिने हातमा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस