
गोरखा, ८ असार । गोरखामा गएराति १ बजे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा दुर्घटना भएको हो ।
बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा उक्त जिप दर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपमा १९ जना सवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।
कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार