
रुकुम पश्चिम, ७ असार । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रुकुम पश्चिमदेखि देखि डिग्रे जाँदै गरेको भे १ च २७९६ नम्बरको डबलक्याप जीप बिहिबार बिहान सवा छ बजेतिर त्रिवेणी चोकको उकालोमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नवराज भट्टाराईले जानकारी दिनुभयो । त्रिवेणी चोकको उकालोमा बे्रक फेल भएर जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।

तस्विर : रोशन क्षेत्री
घाइतेको सबैको उद्धार गरी जिल्ला अस्पताल सल्लेमा लगिएको प्रहरी जनाएको छ । दुर्घटनामा परी घाइते हुनेको विस्तृत विवरण आउन बाँकी छ ।

तस्विर : रोशन क्षेत्री
प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार