२०८२ बैशाख १७ गते बुधवार

नवौ  अन्तराष्ट्रिय योग दिवस दंगीशरणमा

दाङ, ६ असार । पतन्तजली योग समिती लुम्बिनी प्रदेशका महामन्त्री घनस्याम अधिकारीले आहार शुद्ध र स्वस्थ शारीरिक, मानसिक अवस्था अहिलेको मुख्य आवस्यकता रहेको बताउनुभयो । 

दंगीशरण गाउँपालिकाको आयोजना तथा पतन्जलि योग समिती दंगीशरणको सह आयोजनामा दंगीशरण गाउँपालिकाको सभाहलमा आयोजित नवौ  अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । 

“हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी,“रक्सी चुरोट पुकार“ गरौ सबले बहिष्कार जस्ता प्लेकार्ड सहित हेकुलि बजार परीक्रमा गरी गाउँपालिकाको सभाहलमा पुगी कार्यक्रममा परीणत भएको हो ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले मानबले प्राप्त गर्ने शारीरीक स्वस्थता मात्र प्रयाप्त नहुने बताउनुभयो । कुनै पनि ब्यक्ती स्वस्थ हुनका लागी उसको सारीरीक मानसिक आध्यात्मिक स्वस्थता संगै भावनात्मक स्वस्थता समेत आबस्यक पर्ने बताउनुभयो । योगलाइ महत्वका साथ बुझि आफु निर्वाचित भएर आयपछि पहिलो वर्ष ३ वटा वडामा योग हल निर्माण गरीसकेको र अब आउने आर्थिक बर्षमा पनि ३ वडामा योग हल निर्माण गरीने जानकारी दिनुभयो ।

विशिष्ट अतिथि बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले आमा नै मानब जातीको पहिलो गुरु रहेकाले आफ्ना सन्तानको आहार विहार कस्तो हुने र कस्तो संस्कार प्रदान गर्ने भन्ने कुरा आमामा निर्भर रहने बताउनुभयो । मानबलाइ प्रमात्मा सङ्ग जोड्ने विधिको जग बसाल्न हरेक आमाहरु सचेत रहन समेत सुझाब दिनुभयो । 

कार्यक्रममा बोल्ने धेरैजसो वक्ताले अन्तराष्ट्रिय योग दिवस र  योगको बारेमा यसको महत्व सबैमा भिज्न नसकेको प्रती चिन्ता ब्यक्त गरेका थिए । अब हरेक स्थानियतहले योगलाइ पहिलो प्राथमिकतामा राख्नु पर्ने माग गरेका हुन् ।

कार्यक्रममा पतन्जलि योग समितीका अध्यक्ष निम बहादुर खड्का ,बबईका अध्यक्ष नुमा केसी,दंगीशरणका अध्यक्ष दिपक बिस्ट, शान्तीनगर ७ का अध्यक्ष तारा बहादुर वलि, दंगीशरण १ का अध्यक्ष रमेश भन्डारी, दंगीशरण ३ का अध्यक्ष शुकलाल चौधरी लगाएतले बोल्नुभएको हो । 

पतञ्जलि योग समितिका महिला सह प्रभारी निर्माला डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण  पतञ्जलि योग समिती दाङका सदस्य अमर भुषालले गर्नुभएको हो  । 

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस