२०८१ चैत्र ७ गते बिहिवार

शारदा सिस्नेमा झोला फ्रि डे

तुलसीपुर, १ असार । शारदा सिस्ने बोर्डिङ स्कुल तुलसीपुरले शुक्रबार झोला फ्रि डे कार्यक्रम गरेको छ । कक्षा नर्सरी देखि १० कक्षासम्मका छात्रछात्राहरुले विविध कार्यक्रम गरी झोला फ्रि डे मनाएका हुन् ।

त्यस अवसरमा डा. प्रविण सिंहले कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रछात्राहरुलाई डेंगु रोग र उच्च रक्तचापको बारेमा जानकारी गराएका थिए ।

अहिलेको मौसममा लामखुट्टेबाट लाग्ने रोग डेंगुको बारेमा विद्यार्थीहरुलाई सचेतना दिइएको हो । डा. सिंह र स्टाफ नर्स श्रीया वलीले विद्यार्थीहरुलाई रक्तचाप मापन गर्न सिकाएका थिए ।

विद्यार्थीहरुले आफ्ना साथी र अभिभावकको रक्तचाप मापन गरेर देखाएका थिए ।

त्यस्तै कक्षा ५ देखि ७ मा अध्ययनरत विद्यार्थीहरुले पेपर ब्रिज (कागजको पुल) र वाटर फाउन्टेन (पानीको फोहोरा) बनाएर देखाएका थिए ।

त्यसैगरी कक्षा १ देखि ४ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुले तापक्रम मापन गर्ने तरिका सिकेका थिए । सो अवसरमा काठको घर बनाउनेदेखि आफ्नो स्कुलको वरिपरि सरसफाई गरेका थिए ।

त्यस्तै कक्षा नर्सरीका विद्यार्थीहरुले नृत्य देखाएका थिए भने कक्षा एलकेजी र युकेजीका विद्यार्थी भाइबहिनीहरुले कलर म्याचिङ खेल खेलेका थिए । यस कार्यक्रमले विद्यार्थीहरुको सिकाइमा वृद्धि हुनुका साथै पढाइमा रुची बढ्ने भएकोले प्रत्येक महिनाको पहिलो र अन्तिम शुक्रबार झोला फ्रि डे कार्यक्रम सञ्चालनमा गरेको स्कुलका सिइओ विनयध्वज वलीले जानकारी दिए ।

आफूले पढेको स्कुलमा आएर सचेतना कार्यक्रम सञ्चालन गर्ने अवसर दिएकोमा डा. प्रविण सिंह र नर्स श्रीया वलीले स्कुल परिवारलाई धन्यवाद दिएका थिए । स्कुलका प्रिन्सिपल मिन कुमार आचार्यको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण शिक्षक संजय बर्मा र जीवन डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस