२०८१ माघ १ गते मङ्गलवार

जीप दुर्घटना अपडेट : चालकको मृत्यु (घाइतेको नामावलीसहित)

तुलसीपुर, १ असार । दाङमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गाडी चालक रोल्पाको गंगादेव गाउँपालिका-१ ओतका ४० वर्षिय बिष्णु पुनमगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते पुनमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी छ जना गम्भिर घाइते भएका छन् ।

रोल्पा गंगादेव गाउँपालिका १ बिबाङका २३ वर्षीय बल बहादुर ओली, सल्यान छत्रेश्वरी गाउँपालिकाका २१ वर्षीया गिता बिक, उहाँको छोरा ७ बर्षका पबन बिक, ६ वर्षीया छोरी स्नेहा बिक गम्भीर घाइते हुनुभएको छ ।

यस्तै रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर १ का ३२ वर्षिय गौसरा वली र तुलसीपुर उपमहानगरपालिका १५ का ३३ वर्षीय खुसिराम चौधरी गम्भिर घाइते हुनुभएको छ ।

गम्भिर घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागी नेपालगंज पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

त्यस्तै रोल्पा गंगादेव गाउँपालिका १ ओतका ४२ वर्षका दुल बहादुर ओली सोही ठाँउका २० वर्षका रिता डाँगी र भारत बंगाल कलकत्ता बस्ने ३० बर्षको सादाम हुसेनको तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा गम्भिर घाइते ६ जनालाई नेपालगञ्ज रिफर गरिएको

जीप शुक्रबार (आज) बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।तिब्र गतिका कारण जीप दुर्घटनामा परेको उहाँको भनाई छ ।

घाइतेको नामवाली विवरण :

1-रोल्पा गंगादेव गा.पा.१ बिबाङ बस्ने बर्ष २३ को बल ब. ओलीको टाउको , अनुहार र शरिरमा चोट अबस्था सिरियस ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
2) ऐ. ओत बस्ने बर्ष ४२ को दुल ब. ओलीको टाउको , अनुहार र शरिरमा चोट अबस्था सिरियस । तुलसीपुरमा उपचार भईरहेको ।
3) जि. सल्यान छत्रेश्वरी गा.पा. बस्ने बर्ष २१ की गिता बि.क.को टाउको , दाया हात र शरिरमा चोट अबस्था मध्यम । ऐ. ११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
4) ऐ बस्ने गिता बि.क को छोरा बर्ष ७ को पबन बि.क.टाउको र शरिरमा चोट अबस्था सिरियस ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
5) निजकै छोरी बर्ष ६ की स्नेहा बि.क.को टाउको र शरिरमा भित्रि चोट अबस्था सिरियस । ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।

6) जि.दाङ तुलसीपुर उ.म.न.पा.१५ बस्ने बर्ष ३३ खुसिराम चौधरी टाउको र शरिरमा चोट अबस्था सिरियस ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
7) जि.रोल्पा गंगादेव गा.पा. १ बस्ने बर्ष २० की रिता डाँगीको टाउको र शरिरमा चोट अबस्था मध्यम । तुलसीपुरमा उपचार भईरहेको
8) ऐ.ऐ. बस्ने बर्ष ३२ की गौसरा ओलीको शरिरमा भित्री चोट अबस्था सिरियस । ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
9) देश भारत बंगाल कलकत्ता बस्ने बर्ष ३० को सादाम हुसेनको टाउको र बाँया खुट्टामा चोट अबस्था मध्यम । तुलसीपुरमा उपचार भईरहेको ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस