२०८२ बैशाख १७ गते बुधवार

मनसुन नेपाल नजिकै

दाङ, ३० जेठ । यस वर्षको मनसुन नेपालको नजिकै आइपुगेको छ । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ अर्थात् आज हो । मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।

आज भोलिमै मनसुन नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यसअघि मनसुन प्रवेशमा ढिलाइ हुने अनुमान गरिएकोमा अरब सागरमा विकसित आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाको प्रभावले मनसुनको गति बढ्दा औसत समयको आसपासमै मनसुन नेपाल आउने अवस्था बनेको हो ।

मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ । मध्य र पश्चिम तराईमा भने पानी परेको छैन् । मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना कायमै रहेको र बाँकी भूभागमा मौसम बदली र वर्षासँगै गर्मी कम हुँदै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस