२०८१ जेष्ठ ९ गते बुधवार

प्युठान जीप दुर्घटना : मृत्यु हुने सबै दाङका

दाङ, २९ जेठ । प्युठानको स्वर्गद्धारी तिर्थयात्राका लागि गएको जीप दुर्घटनामा परी मृत्यु हुने सबै दाङका रहेका छन् । दुर्घटनामा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी डिएसपी सुशील थापा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दाङको तुलसीपुर उपहानगरपालिका वडा नम्बर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल र उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल, लमही नगरपालिका-७ गडुवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँहरूका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको डिएसपी सुशील थापा मगरले जानकारी दिनुभयो ।

यस्तै जीप चालक लमही नगरपालिका-७ का ताराबहादुर कुमाल पनि घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना बालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

स्वर्गद्धारी मन्दीरको दर्शन गरी फर्किने क्रममा प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर ४ को भ्यागुतेमा लु १ च ६३४५ नम्वरको जिप सोमबार दिउँसो दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा सवार आठै जनाको मृत्यु भएको डिएसपी थापा मगरले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस