२०८१ माघ २ गते बुधवार

ब्रेक फेल भएपछि राम्रीमा सडकबाट खस्यो ट्याक्टर : चालक सकुशल

तुलसीपुर, २९ जेठ । राम्रीमा ट्याक्टर दुर्घटनामा परेको छ । दाङ–सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर–३ राम्रीमा ट्याक्टर दुर्घटनामा परेको हो ।

रोल्पाबाट दाङतर्फ आउँदै गरेको भे १ त ८९८२ नम्बरको ट्याक्टर सडकबाट खसेको हो । ट्याक्टर सडकबाट करिब एक किलोमिटर तल खसेको छ ।

बे्रक फेल भएर ट्याक्टर सडकबाट खसेर भिरमा अड्कीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । ट्रलि नभएको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक तुलसीपुर–३ अम्बासका लालबहादुर परियार भने हाम फालेर बाँच्न सफल हुनुभएको छ ।

दुर्घटनास्थल यसअघि २३ जनाको मृत्यु हुनेगरी बस दुर्घटना परेको ठाउँ हो । बिग्रेको ट्याक्टर बनाउन ल्याउँदै गर्दा राम्रीमा गएराती करिब ८ बजेतिर सडकबाट खसेको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस