२०८२ जेष्ठ ५ गते सोमवार

लमहीमा एक दिवसीय शैक्षिक गोष्ठी

लमही, १७ जेठ ।
दाङको लमही नगरपालिकामा एक दिवसीय शैक्षिक गोष्ठी गरिएको छ । गायत्री परिवार नेपाल र लमही नगरपालिकाको संयुक्त आयोजनमा गोष्ठी गरिएको हो ।

लमही नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक जनप्रतिनिधि, सरोकारवाला व्यक्ति, संघसंस्थाका प्रतिनिधिहरुको सहभागीतामा शैक्षिक गोष्ठी गरिएको हो ।

गायत्री परिवार नेपालको मानवीय मुल्य मान्यताको गरिमा उत्कृष्ट बनाउन शिक्षा ,स्वास्थ ,युवा नारी जागरण , दुर्व्यसन न्यूनीकरण तथा वातावरण स्वच्छता लगायतका अभियान गर्दै आएको गायत्री परिवार दाङका कोषाध्यक्ष श्रीराम दहितले बताउनुभयो ।

गोष्ठीबाट प्राप्त उपलब्धि बालबालिकाको तहमा पुर्याउन सकिएमा अपेक्षित उपलब्धि हुने सहभागी जनप्रतिनिधि गणेश चौधरीले प्रतिक्रिया दिनुभयो ।

महिला संजाल लमहीका संयोजक बिना न्यौपानेले संस्कृति ज्ञान परिक्षा कार्यान्वयन गराउन सबैको साझा दायित्व बताउनुभयो । सहभागी शिक्षक वसन्त प्रकाश चौधरीले बालबालिकालाई दन्तेकथा होइन जीवन कथा सुनाउने समय आएको भन्दै आहार आचरण र व्यावहारमा सकारात्मक परिवर्तनबाट आचरणयुक्त आचार्य निर्माण भएको तथ्य प्रस्तुत गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङ्गका निवर्तमान उपाध्यक्ष लिला शाहले बालबालिकालाई संस्कारयुक्त शिक्षा सर्वसुलभ प्रदान गराउन सबैले दायित्व पुरा गर्नुपर्ने बताउनुभयो ।

शिक्षक यमा कुमारी बस्नेतले नैतिकता र संस्कार हरायो भन्दै बस्ने होइन अब बालबालिका हरुलाई संस्कार र शिक्षा प्रदान गराउन हातेमालो गर्ने समय आएको चिन्ता र चिन्तन व्यक्त गर्नुभयो ।

लमही शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीले अभियान सफल पार्न सरोकारवाला सबैले आआफ्नो स्थान बाट सहयोग गर्न आग्रह गर्नुभयो ।

लमही नगरपालिका न्यायीक समिति संयोजक नगर उपप्रमुख लक्ष्मी योगिले अबोध बालबालिकाले न्यायको महसुस गर्न संस्कार सहितको शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले अभियान सफल बनाउन नगरपालिका र व्यक्तिगत रूपमा सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गायत्री परिवार नेपालका संयोजक तथा प्रशिक्षक सावित्री काफ्लेले नगरपालिकाले बालबालिकाहरुलाई सिकाइमा बालमैत्री र नैतिक शिक्षा संस्कार विकास गराउनुपर्ने बताउनुभयो ।

उहाँले गायत्री परिवार नेपालको शैक्षिक अभियान “संस्कृति ज्ञान परिक्षा“ लाई रुचिपुर्वक सहकार्य देखाए झैँ व्यावहारिक कार्यान्वयन गर्न गराउन गायत्री परिवार प्रतिबद्ध रहेको बताउनुभयो ।

लमही नगरपालिकाको सबै वडाका जनप्रतिनिधि प्रतिनिधित्व सामुदायिक तथा संस्थागत विद्यालयकाका शिक्षकहरु रहेको यमा कुमारी बस्नेतको संयोजकत्वमा संस्कृति ज्ञान परिक्षा“ लमही गठन गरिएको छ ।

गठित समुहमा कृष्ण केसी ,वसन्त प्रकाश चौधरी ,देवा खड्का ,कासिराम चौधरी ,उमाकान्त चौधरी ,कृष्ण खत्री ,गणेश चौधरी ,केशव अधिकारी ,लालबहादुर नेपाली ,राधा बिक,तारा प्रसाद चौधरी बिना न्यौपाने थमादेवी सुनार ,पार्वती बिक लगायत रहनुभएको छ ।

त्यसैगरी नगर प्रमुख ,उपप्रमुख ,शिक्षा समिति तथा शिक्षा प्रमुख रहेको सल्लाहकार समिति समेत गठन गरिएको केशव अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस