
दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाले १७ औं स्थापना दिवस तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
“शान्ति र लोकतन्त्रका लागि पूणर् प्रेस स्वतन्त्रता ” भन्ने मूल नाराका साथ इश्वी संवत् सन् २००६ मा स्थापना गरिएको महासंघ, कतार शाखाले नेपाली दूतावासको सभाहलमा १७ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारिख पर्ने भएपनि यसपाली १९ तारिख शुक्रवार पारेर कार्यक्रम गरिएको हो ।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालले पत्रकार पेशा आफैमा चुनौतीपूणर् रहेको बताउनुभयो ।
उहाँले नेपालको संविधानले पत्रकारलाई राष्ट्रको चौथो अङ्गमा वर्गीकरण गरेकाले सोही अनुसार समाचार लेखनमा सत्यता, निष्पक्षता हुनुपर्नेमा जोड दिनुभयो ।
केही पत्रकारले समाजमा अफवाह फैलाउने, विभाजन गर्ने जस्ता मानविय धर्म विर्सने गरेको बताउनुभयो ।
कतारमा रहेका सम्पुणर् पत्रकारहरुले आफ्नो पेशालाइ उच्च मर्यादा कायम राख्दै जटिलता , विश्वशनियता र भोलीको दिनमा निम्ताउने अप्ठ्यारा परिस्थितीहरू सँग जुद्धै कलम चलाउन आग्रह गर्दै दोहामा रहेका विभिन्न संघ संस्थाबारे चिन्ता व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए ।
संघका उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख सल्लाहकार तथा रेगिस्तानी कवि तिर्थ सङ्गम राइले मीठो साहित्यक “कविता “ वाचन गर्नुभयो ।
समयमै सुचारु भइ,समयमै सकिएको एक भिन्न विशेष कार्यक्रममा मन्तव्यको लागि छुट्टै ६ जना वक्ता हरु तोकिएको थियो । नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भन्डारी पौडेल, सामाजिक बुद्धिजिवि व्याक्तित्वहरु कमलमणि गुराँगाईं, बिमल सुबेदी, एनसीसी कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, रेडियो कतार उर्दुका पत्रकार ओबैद ताहीर, एम ई आकाश बङ्ला – कतार प्रेस क्लब बाटले विभिन्न शीर्षकमा आ- आफ्नो धारण राखेका छन् ।
नेपाली समुदायबाट नेपाली व्यवसायी तथा अग्रज व्यक्तित्व डा.देव काजी डङ्गोल र अरेबियन गल्फका सिनियर पत्रकार अशरफ सिद्धिकीलाई दोसल्ला ओडाएर सम्मान पत्रका साथ सम्मान गरिएको छ । त्यसैगरि क्यूएन खबरका संचालक अनिल मगर र सारदा भुजेललाई प्रोत्साहन पत्र प्रदान गरिएको छ ।
पत्रकार महासंघ कतार शाखाको १७ औं स्थापना दिवसको अवसरमा महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएर सफल तुल्याईदिने सम्पूणर् संघ- संस्था तथा सामाजिक अभियान्ताहरू प्रति कार्यक्रमका सभापति करिम बक्स मियाँले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।
अध्यक्ष मियाँले महासंघ कतार शाखा अरू संस्थाभन्दा छुट्टै रहेको बताउँदै भाषण भन्दापनि आफ्नो उदेश्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै कार्यक्रमको समापन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव अर्जुन पौडेलले गर्नुभएको हो ।
-बिगत तीन वर्षदेखि पत्रकार महासंघ कतारको कार्यसमिति सदस्य रहनुभएकी सावित्रा लामिछाने शर्माबाट