२०८१ जेष्ठ ५ गते शनिवार

रुन्टीगढी वडा नम्बर १ मा प्रथम वडा अध्यक्ष कप सुरु

दाङ –
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष कप भएको छ । प्रतियोगिताको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा १७ वटा भलिबल खेलाडी समुहहरुको सहभागीता रहेको छ । वडा अध्यक्ष कप यो रुन्टीगढी गाउँपालिकाको पहिलो कप हो । कप वडा नम्बर १ का अध्यक्ष थम बहादुर घर्तीको अध्यक्षतामा वडा अध्यक्ष कपको शुरु भएको हो ।

कार्यक्रममा स्थानीय राजनीति दलका प्रतिनिधि जन प्रतिनिधी, स्वास्थ्य सोयमसेविका, आमा समुह, खेलाडी स्थानीय हरुको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण वडा सचिव पदम रावतले गर्नु भएको हो । कार्यक्रम वडा नम्बर १ को वडा कार्यालयको प्राङ्गणमा भईरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस