२०८१ जेष्ठ ५ गते शनिवार

ट्याक्टरबाट खसेर तुलसीपुरमा एक बालकको मृत्यु

दाङ – दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का १४ वर्षिय बालक बिनोद चौधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

तुलसीपुर-१४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट गोठ्वामा शुक्रबार बिहान साढे ११ बजेतिर खसेका चौधरीको उपचारको क्रममा निधन भएको हो ।

घटनापछि ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस