२०८० फाल्गुन २२ गते मङ्गलवार

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

प्युठान । प्युठानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी झिमरुक गाउंपालिका-४ बागेंफेदीका २४ बर्षिय शेरा सुलभ शाहको मृत्यु भएको हो ।

बुट्वलबाट प्युठानतर्फ आउदै गरेको लु ५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सरुमारानी गाउँपालिका ६ मोतिपुरमा दुर्घटनामा परेको हो ।

मंगलबार दिउँसो भएको दुर्घटनामा परी घाईते भएका मोटरसाइकल चालक शाहको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक लालवहादुर विकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस