२०८१ असोज ४ गते शुक्रवार

संस्कार पाठशालाले क्याम्ब्रिजको अंग्रेजी लागु गर्ने

तुलसीपुर, २१ बैशाख । तुलसीपुरमा रहेको संस्कार पाठशालाले चालु शैक्षिकसत्र देखि क्याम्ब्रिज विश्वविद्यालयको अंग्रेजी पाठ्यक्रम लागु गर्ने भएको छ ।

विद्यार्थीलाई अंग्रेजी भाषाको दक्षताका लागि पाठशालाले यसै शैक्षिक सत्रदेखि क्याम्ब्रिजको अंग्रेजी पाठ्यक्रम लागु गर्न लागेको हो ।

कक्षा १ देखि १२ सम्मका बालबालिकाका लागि क्याम्ब्रिज विश्वविद्यालयको अंग्रेजी पाठ्यक्रम लागु गर्ने विद्यालयले जनाएको छ ।

सजिलो अंग्रेजी माध्यमबाट बालबालिका पढाउन संस्कार पाठशालामा क्याम्ब्रिज एसिसमेन्ट अ्रंगेजी लागु गर्न लागिएको ज्ञानज्योति एजुकेशन फाउन्डेसनका सिइओ सुरेन्द्रबहादुर जिसीले बताउनुभयो ।

बालबालिकालाई प्राकृतिक वातावरणमा अंग्रेजी पढाउन क्याम्ब्रिज बिश्वविद्यालय संग सहकार्य गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार संस्कारका हरेक वार्षिक परीक्षाहरु ऋब क्याम्ब्रिजकै प्रतिनिधिहरु आएर गराउने छन् ।

उनीहरुले तयार पारेको प्रश्नपत्रमा आएर परिक्षा संचालन गरि विद्यार्थीको क्षमताको मुल्याङकन गरिने छ । दाङमा क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रम लागु गर्ने संस्कार नै पहिलो विद्यालय बनेको विद्यालयले दावि गरेको छ ।

यसैबिच क्याम्ब्रिज एसोसियसन इङलिस र संस्कार पाठशालाले बिहीबार तुलसीपुरमा एक संयुक्त कार्यक्रम गरी विद्यार्थीका अभिभावकलाई क्याम्ब्रिजको अंग्रेजीबारे जानकारी गराएका छन् ।

ज्ञानज्योति एजुकेशन फाउन्डेसनका फाउन्डर टिकाबहादुर जिसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षाविद् नारायण सिङ् गुरुङ, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मानबहादुर खड्का, आइसिसि ग्लोबल क्वालिफिकेशनका फाउन्डर डाक्टर रोसन राठि लगाएतले क्याम्ब्रिजको अंग्रेजी पाठ्क्रमले विद्यार्थीको क्षमतालाई विश्वव्यापी बनाउने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण संस्कार पाठशालाका शिक्षक बलदेव पोख्रेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस