दाङ, १९ बैशाख । नेपाल श्रम सर्वेक्षण २०१९ अनुसार प्रत्येक वर्ष नेपालमा कम्तिमा २० लाख युवा रोजगार बजारमा आउँछन्, तर उनीहरूमध्ये करिब पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउने गरेका छन् ।
बेरोजगारमध्ये करिब १८ प्रतिशत युवा सीपयुक्त छैनन् । अनि बैदेशिक रोजागारीमा गएका मध्ये ५० प्रतिशत भन्दा बढि युवा पनि अदक्ष छन् ।
जसले गर्दा उनीहरूले पाउने सेवा सुविधा र आम्दानीमा समेत नकारात्क प्रभाव परिरहेको छ । पछिल्लो श्रम सर्वेक्षण अनुसार हाल नेपालमा ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीपअनुरूपको रोजगारी पाइरहेका छैनन् भने १८ प्रतिशत अशिक्षित बेरोजगार छन् ।
भरिया, घरेलु कामदार, सडकपेटीमा व्यापार गर्ने, ठेलागाडा व्यापारी लगायत विभिन्न क्षेत्रमा कार्यरत अदक्ष कामदारहरूको आम्दानी नियमित छैन । ्अशिक्षितसँगै सीपयुक्त नहुँदा बेरोजागारीको समस्या बढ्दै गएको देखिन्छ ।