
दाङ, १५ बैशाख । तुलसीपुरमा अनुमति बिना कक्षा संचालन गर्ने एक विद्यालयमा पठनपाठनमा रोक लगाइएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को घोरानेटीमा रहेको ह्वाईट पिजन चिल्ड्रेन केयरले बिना अनुमति कक्षा सञ्चालन गरेको पाईएपछि उपमहानगरपालिकाले कक्षा संचालनमा रोक लगाएको हो ।
बिद्यालयले २०७६ सालमा मन्टेश्वरी अर्थात शिशु कक्षाको लागि मात्र अनुमति लिएको भएपनि पछिल्ला बर्षमा नविकरणका बिना सञ्चालन गरेको पाईएकोले कक्षा संचालनमा रोक लगाएको तुलसीपुर उपमहानगरको शिक्षा महाशाखा अधिकृत चक्र भण्डारीले बताउनुभयो ।
अनुगमनका क्रममा विद्यालय प्रशासनलाई तोकिएको मापदण्ड पुरा गरेर मात्रै बिद्यालय सञ्चालन गर्न सुझाब दिएको उहाँले बताउनुभयो ।

विद्यालयको भौतिक अबस्था समेत जिणर् रहेको छ । बिद्यार्थी अध्ययन गर्ने कक्षा कोठापनि नाजुक अबस्थामा रहेका,े साघुरो कक्षा कोठामा बिद्यार्थीलाई राख्ने गरेको पाईएको उहाँले बताउनुभयो ।
गत २०७६ सालमा मन्टेश्वरी अर्थात शिशु कक्षा सञ्चानको अनुमति पाएपनि हाल कक्षा १ समेत सञ्चालन गरेको छ । बिना अनुमति कक्षा सञ्चालन गरेमा शिक्षा ऐन अनुसार सञ्चालनमा रहेको शिशु स्याहार तहको कक्षा पुणर्रुपमा बदर गर्नुका साथै एकलाख रुपैयासम्म जरिवाना तथा ६ महिनासम्म कैद या दुबै सजाय हुन सक्ने प्राबधान रहेको छ ।
अनुगमनका क्रममा पहिलो पटकलाई मापदण्ड पुर्याएर मात्र कक्षा सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । यदि सुझाबलाई व्यवास्ता गरेमा शिक्षा ऐनमा उल्लेख सजाय अनुसार कारबाही प्रक्रिया अगाडी बढाईने नगरले जनाएको छ ।
त्यस्तै वडा अध्यक्ष तुलसी थापामगरले मापदण्ड अनुसार सञ्चालन नभएको पाईनु एउटा गम्भिर बिषय भएको बताउनुभयो । यतिका बर्षसम्म सम्बन्धित सरोकारवालाले चासो नदेखाउनु गम्भिर रहेको उहाँले बताउनुभयो । यस सम्बन्धमा शिक्षा शाखाले शिक्षा ऐनमा भएको ब्यबस्था अनुसार अगाडी बढ्नुको बिकल्प नभएको बताउनुभयो ।