२०८१ असोज ४ गते शुक्रवार

शिव शिखरको तुलसीपुर शाखा बन्द हुँदा वचतकर्ता मारमा

दाङ, ९ बैशाख । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको तुलसीपुर शाखा बन्द भएको तीन पुग्न थालेको छ । सहकारीको तुलसीपुर शाखा तीन महिना अघिदेखि बन्द हुँदा वचतकर्ता मारमा परेका छन् ।

आर्थिक तरलता अभावको कारण देखाएर सहकारीले २०७९ माघ २७ गतेदेखि केहि समयका लागि भन्दै तुलसीपुर शाखा बन्द गरेको हो । सञ्चालक सम्पर्कभन्दा बाहिर छन् भने तुलसीपुरमा सञ्चालित पसल पनि बन्द भएको छ ।

सहकारीले सूचना टाँसेको देखेपछि शेयर सदस्य, बचतकर्ता लगायतले आफ्नो रकम डुब्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले नागरिकको रकम डुब्ने खतरामा पुगेपनि सरोकारवाला निकायले कुनै चासो नदिएको गुनासो गरेका छन् ।

तुलसीपुर-५ का फलफूल व्यवसायी चन्द्रकली बिकले वचत गरेको ६० हजार रकम फिर्ता लिन पटक पटक कार्यालयमा आएपनि बन्द हुँदा समस्यामा परेको बताउनुभयो । तुलसीपुर चेम्बर अफ कर्मशका टोप बहादुर घर्तीले सहकारी संचालकले व्यवसायीको पैसा तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस