२०८२ बैशाख १० गते बुधवार

पहाडी भेगका केही ठाउँमा आज हल्का वर्षाको अनुमान


दाङ, ९ बैशाख ।
देशका पहाडी केही क्षेत्रमा आज पनि हल्का वर्षाको अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश र कोशि प्रदेश लगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

आज दिउँसो पनि कोशी प्रदेशसहित पहाडी थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

पश्चिम तराईका केही तथा पहाडी थोरै ठाउँ र दाङ उपत्यकामा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो पनि दिउँसोपछि दाङ उपत्यकामा हावाहुरी चलेको थियो ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस