तुलसीपुर, ५ बैशाख । परम्परागत खेती प्रणालीलाई परीमार्जित गर्दै कम मुल्यमा कम श्रमका साथ समय र मुल्यको बचत गर्दै आधुनिक खेती प्रणालीमा लाग्न किसानलाई दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीले आग्रह गर्नुभयो ।
मंगलबार एक कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकामा धेरै जसो किसानहरु तरकारी खेती प्रती प्रेरीत रहेकोमा खुसि ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष गिरीले आफुले पनि पालिकामा कृषि लाइ प्राथमिकतामा राखेको बताउनुभयो ।
दंगीशरण गाउँपालिका कृषि साखाले आयोजना गरेको मल्चिङ पाइप तथा थोपा सिचाइ सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।
आर्थिक बर्ष २०७९/८० को स्विकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतीसत अनुदानमा १२ जना तरकारी खेती गर्ने किसानहरुलाइ मल्चिङ पाइप थोपा सिचाइ सामाग्री ड्राम तथा अन्य सामाग्री बितरण गरीएको हो ।
सामाग्री बितरण कार्यक्रम कृषि साखा प्रमुख सरु भुषालको सभापतीत्व गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का र प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतामा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरीएको हो ।
कार्यक्रमको सहजीकरण कृषि प्राबिधिक सहायक मान बहादुर डाङ्गिले गर्नुभएको हो ।