२०८२ असार ३ गते बुधवार

मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

दाङ, ४ बैशाख । दाङमा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर-६ रजौराका ४१ वर्षिय केशब बहादुर केसी र मोटरसाइकलमा पछाडि सवार घोराही-११ का ६४ वर्षिय हुकुम बहादुर केसी घाइते हुनुभएको हो ।

घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घोराहीबाट तुलसीपुर आउँदै गरेको रा ५ प ७०१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको हो ।

घोराही-तुलसीपुर सडक खण्ड अन्तगर्त तुलसीपुर-१७ मा सोमबार बेलुका नौ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस