२०८१ जेष्ठ ८ गते मङ्गलवार

मिनिबस दुर्घटनामा एक जनाको मृत्यु

दाङ, २ बैशाख । दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । मृत्युु हुनेमा बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे का ३० वर्षिया यमि घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भिर घाईते मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

त्यस्तै घाईते हुनेमा बसमा सवार मृतकका ५ वर्षिय छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ का सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ का ५ वर्षिय सुरज बस्नेत घाइते हुनुभएको छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

घोराहीबाट बुटवलतर्फ जादै गरेको गरेको ना ४ ख ६९५० नम्बरको मिनि बस घोराही-लमही सडकखण्ड अन्तर्गत मसौटको घुम्तीमा शनिवार (आज) दिउँसो पौने १ बजे तिर ब्रेकफेल हुँदा दुर्घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार
प्रतिक्रिया दिनुहोस