२०८१ माघ ६ गते आइतवार

प्युठानमा जिप दुर्घटना हुँदा दाङका एक जनाको मृत्यु

दाङ, २६ चैत । प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी दाङको लमही नगरपालिका वडा नम्बर ८ का २५ वर्षिय सत्यनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर ६ का २५ वर्षिय प्रकाश चौधरी र प्युठान नगरपालिका वडा नम्बर १ का १४ वर्षिय प्रविन जिसी घाइते हुनुभएको छ । प्युठानको जसपुरदेखि दाङको भालुवाङतर्फ आउँदै गरेको लु ३ च ३८५५ नम्बरको जिप सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतिपुरमा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस