२०८१ माघ २ गते बुधवार

एसईई दिएर फर्कदै गरेका विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु

प्यूठान, २४ चैत । प्यूठानमा एसईई दिएर फर्कदै गरेका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई दिएर फर्कंदै गरेका स्वर्गद्वारी नगरपालिका-७, तापाका १५ वर्षीय प्रतीक घर्तीको मृत्यु भएको हो ।

स्वर्गद्वारी नगरपालिका वडा नम्बर-४ गोठीबाङमा मोटरसाइकल दुर्घटना भएको हो ।
लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई ओभरटेक गर्ने क्रममा घर्तीले चलाएको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको हो ।

घाइते घर्तीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुवास खड्काले जानकारी दिनुभयो । घर्ती बेल्वास मावि बेल्वासमा अध्ययन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस