२०८१ चैत्र ६ गते बुधवार

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

दाङ, २० चैत । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निणर्य हो ।

खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिनुभयो ।

यससंगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै याथावत राखिएको छ ।

पछिल्लो समय भारतबाट मूल्य घटेर आएको र इन्धनको उच्च मूल्यका कारण अर्थतन्त्र नै शिथिल बन्न थालेपछि आर्थिक चापका बाबजुत निगम मूल्य कटौती गर्ने अवस्थामा पुगेको निगमका कार्यकारी निर्देशक थानीले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस