२०८१ माघ ९ गते बुधवार

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बालक गम्भिर घाइते

तुलसीपुर, ८ चैत । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भिर घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट तुलसीपुर-१० बनगाउँका बिरबहादुर खत्रीका ५ वर्षिय छोरा बसन्त खत्री गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट सुकौरातर्फ जाँदै गरेको सु.प.०१०-प १८४५ नम्बरको मोटरसाइकले खत्रीलाई ठक्कर दिएको हो । दुर्घटना मंगलबार साँझ ५ बजेतिर भएको हो ।

घाइते बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस