घोराही, ७ चैत । विश्वव्यापी मुद्रा सप्ताह–२०२३ अन्तर्गत नेपाल बैंक लिमिटेड दाङ शाखाले घोराही ५ धर्नामा रहेको महेन्द्र मावि धर्नामा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि मंगलबार वित्तीय साक्षरता गरिएको हो ।
बदलिँदो समयमा वित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले वित्तीय जानकारी गराउन र अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि हरेक व्यक्तिमा वित्तीय चेतना जगाउन विद्यार्थीलाई अभिमुुखिकरण गरिएको बैंकका कर्मचारीले संजय पाण्डेले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीले विद्यार्थीहरुका लागि दिईएको वित्तीय साक्षरताले आर्थिक वचतको महत्व बुझाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका शाखा प्रवन्धक केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष जितबहादुर केसी, बैंकका सहायक प्रबन्धक नवराज आचार्य, कर्मचारी दीपक वलीलगायतले भनाई राख्नुभएको थियो ।