२०८१ माघ २ गते बुधवार

पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते

दाङ, ३ चैत । पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट शान्तिनगर-५ मजघटुवाका ८० वर्षिय भिमाकुमारी डाँगी घाईते हुनुभएको हो ।

घाइतेको टाउकोमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो । घाइते डाँगीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

दाङ-सुर्खेत सडकखण्ड अन्तगर्त शान्तिगर-५ रगैँचामा रा ४ प ३१८६ नम्बरको मोटरसाइकले डाँगीलाई आज बिहान साढे ११ बजेतिर ठक्कर दिएको हो । घटनापछि मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस