२०८१ माघ ८ गते मङ्गलवार

तुलसीपुरमा बस र मोटरसाइकल ठोक्किदा एक जना घाईते

तुलसीपुर, १ चैत ।
तुलसीपुरमा बस र मोटरसाइकल एक-आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर-१८ मनिकापुरमा भएको दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर-१८ का ४१ वर्षिय बम बहादुर रोका घाइते हुनुभएको हो ।

रोकाको बाँया कोखामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३९१ नम्बरको बसले विपरित दिशाबाट गइरहेको रा ५ प ८५८८ नम्बरको मोटरसाईकललाई आज दिउँसो पौने चारबजेतिर ठक्कर दिएको हो । दुर्घटनापछि बस र चालकलाई प्रहरी चौकी बिजौरीले नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस