२०८१ चैत्र ६ गते बुधवार

माबी सौडियारमा अभिभाबकहरुको भेला

घोराही – माबी सौडियारमा कक्षा १० मा अध्ययनरत बिद्यार्थिका अभिभाबकहरुको भेला आज बिद्यालयमा सम्पन्न भएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा बिद्यालय ब्यबस्थापन समिती सदस्य एव घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिद्यार्थिको पढाईको अबस्था र शैक्षिक सुधारका बारेमा अभिभाबकहरुसंग छलफल गर्न भेला आयोजना गरिएको थियो । कक्षा ११ र १२ मा पढाइ हुने शिक्षा, कमर्श संकाय र जेटिएको बिषयको बारेमा बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

भेलामा सहभागी अभिभाबकहरुले घर आगनमै रहेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिए कक्षा ११ र १२ मा पनि बिद्यार्थि भर्ना गर्ने प्रतीबद्धता जनाए । उनिहरुले बिद्यालयमा नयाँ बिद्यालय ब्यबस्थापन समिती आएपछि केही आश जागेको बताउदै घर नजिकैको बिद्यालयमा आफ्ना बाल बच्चा पढाउदा आफ्नै अगाडि बच्चा बच्चिको रेखदेख हुनुका साथै अनाबश्यक खर्च पनि बचत हुने कुरामा जोड दिए ।

सो अवसरमा बोल्दै बिब्यस अध्यक्ष भट्टराई कक्षा १ देखि १२ सम्म बिद्यार्थिले आफ्नै घर नजिकैको बिद्यालयमा राम्रो शिक्षा पाउने भन्दै नयाँ शैक्षिक शत्रदेखि प्ले ग्रुपदेखि मन्टेश्वरि बिधिबाट शिक्षण पद्धती सुरु गरिने बताए ।

नयाँ आउने शैक्षिक शत्रबाट स्वयमसेबक शिक्षक राखेर बिद्यालयको शैक्षिक सुधार गरिने बताउदै उनले मन्टेस्वरि कक्षामा बच्चाले खेल्दै पढ्दै गर्ने विधि अबलम्बन गरेर शैक्षिक गुणस्तर सुधार गर्नुका साथै बिद्यालयको साना-साना कुरा सुधारमा ध्यान दिइने बिचार ब्यक्त गरे । सो अवसरमा अभिभाबकको तर्फबाट पोषण नेपाली, बिब्यस सदस्य लक्ष्मी बिक लगायतकाले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस