२०८१ मङ्सिर २२ गते शनिवार

दाङको एकसहित २५ निर्माण कम्पनी कालोसूचीमा

दाङ, ३० फागुन । सरकारले विभिनन २५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । समयमै काम नगर्ने, ठेक्का मात्रै हडप्नेलगायतका दुष्क्रियाकलापहरु गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने कम्पनीहरुमध्ये धेरैजसोलाई १ बर्षसम्म कुनै ठेक्का लिन नपाउने गरी कारबाही गरिएको छ भने केहिलाई १ बर्ष, केहिलाई २ बर्ष र केहिलाई साढे १ बर्षसम्म कालोसूचीमा राखिने छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस