२०८१ माघ ८ गते मङ्गलवार

विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग

सल्यान, २८ फागुन ।
सल्यानका एक नवविवाहित जोडीले विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग गरेका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका ६ निवासी युवा समाजसेवी किरण जङ बस्नेतको जोडिले आफूहरूको विवाहमा गरिने फजुल खर्च र भोजभतेर कार्यक्रममा कटौती गरेर विद्यालयलाई रकम सहयोग गर्नुभएको हो ।

यो जोडीले कपुरकोट गाउँपालिका ५ रिममा रहेको जिवनज्योती नमूना माध्यामिक विद्यालयलाई पचास हजार रुपैयाँको अक्ष्यकोष स्थापना गर्ने गरी रकम सहयोग दिएको हो ।

रकमबाट प्राप्त ब्याजबाट विद्यालयमा अध्यनरत आमाबाबु नभएका बालबालिका, जेहेन्दार तथा गरिब छात्र, छात्रालाई सहयोग हुने बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस